एमाले महाधिवेशन : ७ घन्टामा ७ सय ५२ मतदान

बुधबार साँझ ५ बजेसम्म जम्मा ७ सय ५२ मत खसेको हो ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: 752 votes in 7 hours

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान भइरहेको छ । साँझ ५ बजेसम्म ७ सय ५२ मत खसेको निर्वाचन आयोगले जनाएको छ । बुधबार बिहान १० बजेदेखि मतदान सुरु भएको थियो ।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन्। पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully