वर्तमान राजनीतिक संकटको निकास चुनावबाट मात्र सम्भव : संयोजक दाहाल

'देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ । निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिनुपर्दैन ।'

पुस २, २०८२

रासस

The only way out of the current political crisis is through elections: Coordinator Dahal

धनुषा — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्प भएको बताएका छन् ।

बुधबार महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित दिवंगत नेता काशी महतोको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक  दाहालले चुनावका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए । 'देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ', उनले भने, 'निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिनुपर्दैन ।'

त्यही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वर्गीय नेता काशी महतो सबैका प्रेरणाका स्रोत रहेको बताए । उनले जनकपुरको एकता सन्देशसभामा काशी महतोको योगदान अविस्मरणीय रहेको बताए । नेता महतोको गत मंसिर २२ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

रासस

Link copied successfully