एमाले महाधिवेशनमा साँझ साढे ७ बजेसम्म ९ सय २० मत मात्रै खस्यो

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएको भन्दै कतिपयले २ घन्टासम्म पनि लगाएको बताए ।

पुस २, २०८२

विवेक पोख्रेल

Only 920 votes were cast in the UML general convention by 7:30 pm.

काठमाडौँ — एमाले महाधिवेशनमा बुधबार साँझ साढे सात बजेसम्म ९ सय २० मत मात्रै खसेको छ ।

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएको भन्दै कतिपयले २ घन्टासम्म पनि लगाएको बताए । एमाले निर्वाचनमा बुधबार बिहान करिब १० बजेदेखि मतदान सुरु भएको थियो । 

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully