पोखरेल मतदानस्थल भृकुटीमण्डप वरिपरि प्रतिनिधिसँग हात मिलाउँदै भेटघाट गरिरहेको दृश्य देख्न सकिन्छ ।
काठमाडौँ — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट र मत माग्न सक्रिय देखिएका छन् ।
पोखरेल मतदानस्थल भृकुटीमण्डप वरिपरि प्रतिनिधिसँग हात मिलाउँदै भेटघाट गरिरहेको दृश्य देख्न सकिन्छ । उनी स्वयम् प्रतिनिधिसँग संवाद गर्दै समर्थन जुटाउन व्यस्त छन् ।
तर अर्का अध्यक्ष प्रत्याशी तथा वर्तमान अध्यक्ष केपी शर्मा ओली भने मतदान स्थलमा कमै देखिएका छन् ।
भृकुटीमण्डप परिसरमा उपस्थित हुँदा पनि उनी स्वयंसेवकहरूको कडा सुरक्षा घेराभित्र रहने गरेका कारण प्रतिनिधिहरूले सहज रूपमा भेट्न नपाएको गुनासो सुनिन्छ ।
