सभापति देउवासँग शेखरको गुनासो, नम्बरबिनाका फाराम जिल्लामा पठाउँदा जटिल समस्या

कोइरालाले बिना नम्बरका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क पनि राखे ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Shekhar complains to President Deuba, complex problem in sending forms without numbers to districts

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग क्रियाशील वितरण समितिले नम्बरबिनाका फाराम जिल्ला–जिल्लामा पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही फुकुवा लगायत विषयमा प्रश्न राखेका छन् । उनी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई लिएर सभापति देउवासँग भेट्न पुगेका थिए ।

भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बरबिनाका फाराम जिल्ला–जिल्लामा पठाउँदा पार्टीभित्र देशभर जटिल समस्या सिर्जना भएको देउवाको ध्यानाकर्षण गराए । उनले ती नम्बरबिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउन निर्देशन दिन सभापति देउवासँग आग्रह गरे । कोइरालाले बिना नम्बरका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क पनि राखे ।

अनुशासन समितिले गरेको कारबाहीका सम्बन्धमा पनि देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा व्यक्त गरे । उनले २०७९ सालको निर्वाचनमा गठबन्धनका क्रममा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने बताए ।

कान्तिपुर

Link copied successfully