एमाले उम्मेदवारको खर्चिलो प्रचार 

भृकुटीमण्डपस्थित हल बाहिर प्रदर्शनीमार्गमा पर्चा, पम्प्लेट, पोस्टर र भिजिटिङ कार्डले छोपिएको छ । मतदाताहरुलाई प्रभावित गर्न उनीहरुले प्रचार सामग्री व्यापक बनाएका छन् ।

पुस १, २०८२

गंगा बीसी

Expensive campaign of UML candidate

काठमाडौँ — एमालेको नेतृत्व चयनका लागि उम्मेदवार उठेका नेताहरूले ब्यानर, पोस्टर र भिजिटिङ कार्डमा ठूलो रकम खर्च गरेका छन् । 

भृकुटीमण्डपस्थित हल बाहिर प्रदर्शनीमार्गमा पर्चा, पम्प्लेट, पोस्टर र भिजिटिङ कार्डले छोपिएको छ । मतदाताहरुलाई प्रभावित गर्न उनीहरुले प्रचार सामग्री व्यापक बनाएका छन् । खर्चिलो प्रचार सामग्रीले गर्दा सामान्य उम्मेदवारहरूलाई समस्या परेको छ । उनीहरूले पार्टीको निर्वाचनमा अत्यधिक खर्च भएको भन्दै गुनासोसमेत गर्न थालेका छन् । 

त्यस्तै उम्मेदवारहरूले एसएमएस र अरु डिजिटल माध्यमबाट पनि प्रचारप्रसारलाई तीव्र गरेका छन् । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको प्यानलवाई प्रचारप्रसार पनि तीव्र भएको छ ।

दुवै पक्षका प्रतिनिधिहरूले आफ्नो पक्षको उम्मेदवारहरूको प्रचारप्रसार र प्यानललाई जिताउन नाराबाजी गरिरहेका छन् ।

सचिवका उम्मेदवार एवं कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पार्टी प्रतिस्पर्धामा उम्मेदवार मितव्ययी हुनुपर्ने बताए ।

Expensive campaign of UML candidate

Expensive campaign of UML candidate

Expensive campaign of UML candidate

गंगा

Link copied successfully