यी हुन् ईश्वर पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरू

जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

These are the candidates finalized so far from the Ishwor Pokharel group.

काठमाडौँ — नेकपा एमालेको महाधिवेशनबाट आगामी नेतृत्वका लागि ईश्वर पोखरेलको समूहबाट केही पदाधिकारीका उम्मेदवारहरुको टुंगो लागेको छ । 

जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ । 

महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लाग्दा उपमहासचिवमा योगेशकुमार भट्टराईको टुंगो लागेको छ ।

सचिव पदका लागि छ जनाको नाममा टुंगो लागेको छ । जसमा विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खडका रहेका छन् । 

यी हुन् टुंगो लागेका उम्मेदवारहरु

अध्यक्ष– ईश्वर पोखरेल

उपाधयक्ष

अरुण नेपाल

गोकर्ण विष्ट 

बिन्दा पाण्डे

परशुराम मेघी गुरुङ 

एक खाली 

महासचिव– सुरेन्द्र पाण्डे

उपमहासचिव– योगेश भट्टराई

सचिव 

विनोद ढकाल

ठाकुर गैरे 

गोकुल बास्कोटा 

कृष्णगोपाल श्रेष्ठ

कर्ण थापा 

रचना खड्का 

र ईन्द्रलाल सापकोटा

अरु उम्मेदवार टुंगो लाग्न बाँकी छ । ओली समूहका नेतालाई मिलाउनका लागि सबै पदमा उम्मेदवार टुंगो नलगाइएको पोखरेल पक्षबाट पदाधिकारीका एक उम्मेदवारले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully