जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने दुई केन्द्रीय सदस्यहरू बलबहादुर केसी र आङ्गेलु शेर्पाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै सिफारिस गरिएको छ ।
सोलुखुम्बु — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेस सोलुबाट १३ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । ३ दिनसम्म सदरमुकाम सल्लेरीमा बसेको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले बताए ।
जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने दुई केन्द्रीय सदस्यहरू बलबहादुर केसी र आङ्गेलु शेर्पाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा तर्फ बलबहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाससिंह कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेती(महिला कोटा) लाई सर्वसम्मत रूपमा सिफारिस गरिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिण्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एकाकुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल र दुर्गाप्रसाद दर्जीलाई सिफारिस गरिएको सभापति शेर्पाले जानकारी दिए ।
त्यस्तै जिल्ला कार्यसमिति बैठकले राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपाली (दलिततर्फ) सिफारिस गरेको छ । पार्टीमा धेरै आंकाक्षी देखिएकाले केन्द्रको परिपत्र अनुसार छाँटकाँट नगरी सबैको नाम सिफारिस गरिएको शेर्पाले बताए ।
