ओलीले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्नेछन् ।
काठमाडौँ — एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल गठन हुनेछ ।
ओलीले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्नेछन् । अध्यक्षा मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ ।
एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए।
आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो । अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहनेछैन ।
बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।
