एमाले केन्द्रीय कमिटी बैठकमा उठ्यो विधान संशोधनको विषय

अध्यक्ष ओलीले आफ्नो पक्षका नेता व्यवस्थापन गर्न विधान संशोधन गर्न खोजेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले विरोध गरेका थिए ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

The issue of amending the statute was raised in the UML Central Committee meeting.

काठमाडौँ — भृकुटीमण्डपमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको विषय उठेको छ । 

'पुरानो विधान ब्युँताउने कि नब्युँताउने भन्ने विषयमा छलफल भइरहेको छ,' ती केन्द्रीय सदस्यले बताए । केन्दीय सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेता व्यवस्थापन गर्न विधान संशोधन गर्न खोजेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध गरेका थिए ।

एमालेको दसौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक भृकुटीमण्डपमा बसिरहेको हो । ११औं महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको यो बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

कान्तिपुर

Link copied successfully