महाधिवेशन प्रतिनिधि छनोटमा पोखरेलको असन्तुष्टि

सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असमति जनाएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति भएको थियो ।

तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड भन्दै पोखरेलले आपत्ति जनाएका हुन् । 

आज प्रकाशित सूची शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नामहरु हुन् । पोखरेलले ओलीको भन्दा फरक सूची पेश गरेका थिए ।

दुवै तर्फबाट पेश सूचीका विषयमा सहमति खोज्ने निर्णय भएकोमा आज एकतर्फी रुपमा नाम प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् । 

कान्तिपुर

Link copied successfully