रवि लामिछानेप्रति अहिलेको सरकारको धारणा स्पष्ट रूपमा सार्वजनिक हुनुपर्छ : डीपी अर्याल

ठूलो दलको नेतालाई कारागारमा राख्दै गर्दा अहिलेको सरकारले आफ्नो धारणा राख्न ढिला गरेको उनको भनाइ छ ।

मंसिर २६, २०८२

ज्योति कटुवाल

The current government's stance on Ravi Lamichhane should be made public: DP Aryal

सुर्खेत — रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । 

सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 

'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार पुर्‍याएको हो तर, यो सरकारले त स्पस्ट धारणा बाहिर ल्याउनु पर्‍यो नि ।'

ठूलो दलको नेतालाई कारागारमा राख्दै गर्दा अहिलेको सरकारले आफ्नो धारणा राख्न ढिला गरेको उनको भनाइ छ । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully