प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि धादिङ कांग्रेसले गर्‍यो ३५ जनाको नाम सिफारिस

कांग्रेस धादिङले संघीय निर्वाचन क्षेत्र नं. १ र २ का सिफारिसका आधारमा आज प्रदेश समितिमा नाम सिफारिस गरेको हो।

मंसिर २६, २०८२

पोषनाथ अधिकारी

Dhading Congress recommends 35 names for House of Representatives and National Assembly elections

What you should know

धादिङ — कांग्रेस धादिङले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३५ जना उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ।

कांग्रेस धादिङले संघीय निर्वाचन क्षेत्र नं. १ र २ का सिफारिसका आधारमा आज प्रदेश समितिमा नाम सिफारिस गरेको हो।

पार्टीले बनाएको मापदण्डअनुसार एक संघीय निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ महिला सहित ३, समानुपातिकतर्फ १ महिला सहित २ र राष्ट्रिय सभातर्फ ३ जनासम्म सिफारिस गर्नुपर्नेमा धादिङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभातर्फ ४ जनाको सिफारिस भएको छ।

यता निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ११, समानुपातिकतर्फ ७ र राष्ट्रिय सभातर्फ १ जनाको नाम सिफारिस गरिएको छ।

तोकिएको समयभन्दा ३ दिन ढिलो गरी पुरानै मितिमा नामावली सार्वजनिक गरेको धादिङ कांग्रेसले मापदण्डअनुसार १६ जनाको नाम सिफारिस गर्नुपर्नेमा आकांक्षी धेरै भएपछि प्रत्यक्षतर्फ २१, समानुपातिकतर्फ १२ र मापदण्डअनुसार ६ जनासम्म सिफारिस गर्न मिल्ने राष्ट्रिय सभातर्फ २ वटै निर्वाचन क्षेत्रबाट जम्मा ३ जनाको नाम सिफारिस गरेको छ।

सिफारिस भएकामध्ये प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट ३९ वर्षीय राधाकृष्ण भण्डारी र क्षेत्र नं. २ बाट २८ वर्षीय अश्विन दुवाडीको नाम समावेश गरिएको छ।

सिफारिस भएका नाम यसप्रकार छन् :

निर्वाचन क्षेत्र नं. १ [प्रत्यक्षतर्फ]

समानुपातिकतर्फ

राष्ट्रिय सभातर्फ

निर्वाचन क्षेत्र नं. २ [प्रत्यक्षतर्फ]

समानुपातिकतर्फ

राष्ट्रिय सभा

पोषनाथ

Link copied successfully