एमाले महाधिवेशन प्रतिनिधि मनोनयनमा विवाद

विधानअनुसार १०८ प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ । केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १०८ को नाम प्रस्ताव गरेका थिए । त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आपत्ति जनाएका थिए ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Controversy over nomination of UML general convention representative

काठमाडौँ — एमाले महाधिवेशन प्रतिनिधि मनोनयनमा विवाद भएको छ । 

विधान अनुसार १०८ प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ । केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १०८ को नाम प्रस्ताव गरेका थिए । त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आपत्ति जनाएका थिए ।

उपमहासचिव प्रदीप ज्ञवालीले मनोनीत प्रतिनिधिको टुंगो शनिबार लाग्ने बताए । सचिव योगेश भट्टराईले अध्यक्षले १०८ प्रतिनिधिको नाम प्रस्ताव गरे पनि टुंगो नलागेको बताए । उनले समावेशी आधारमा प्रतिनिधि मनोनयन गर्न २०० को नाम प्रस्ताव भएको बताए ।

कान्तिपुर

Link copied successfully