बर्दिया-२ मा कांग्रेसबाट उम्मेदवारका लागि आरजु राणासहित १० जना सिफारिस

बर्दिया-२ बाट कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र आरजु राणाको नाम सिफारिस भएको हो।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

10 people, including Arju Rana, recommended as candidates from Congress in Bardiya-2

बर्दिया — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले बर्दिया-२ बाट उम्मेदवारका लागि आरजु राणासहित १० जनाको नाम सिफारिस गरेको छ। 

निर्वाचन क्षेत्र नम्बर २ बाट सहमहामन्त्री किशोर सिंह राठौरलाई प्राथमिकता क्रममा पहिलो र राणालाई दोस्रोमा सिफारिस गरिएको छ।

यसैगरी कांग्रेस जिल्ला सभापति अरुण सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मिन राज चौधरी, प्रभुराम चौधरी, मकर बहादुर सिजापति, राम चन्द्र थापा, विद्या प्रसाद खनाल र दीपक भण्डारीलाई प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिस गरिएको छ।

प्रतिनिधिसभा संघीय समानुपातिकतर्फ देवमान चौधरी, चन्द्रध्वज जिसी, तारा चौधरी, प्रतिमा चौधरी, दुर्गा सापकोटा, तारा शुक्ला, तेजकुमारी थापा क्षेत्री खाँ, मनिषा गुरुङ, सावित्री ढुंगाना, प्रेमबहादुर सुनार र भारती विकको नाम सिफारिस गरिएको छ। 

त्यस्तै, राष्ट्रिय सभातर्फ मालती शाह र प्रेस युनियनका पूर्व अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरिएको बर्दिया कांग्रेस पार्टी सचिव जग्गा प्रसाद पाण्डेले जानकारी दिए। 

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोपाल दहित भने सिफारिसमा परेनन्। उनले यसबारे प्रतिक्रिया माग्दा दिन मानेनन्। एक–दुई दिनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने बताए। 

कान्तिपुर

Link copied successfully