जेन–जी र सरकार सम्झौता ‘कलाविहीन नाटक’ : ओली

ओलीले सदन पुनःस्थापनाको कुनै विकल्प नभएको दोहोर्याउँदै वर्तमान सरकारले चुनाव गराउन नसक्ने पनि दाबी गरे।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Gen-G and government agreement 'artless drama': Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार जेन–जी प्रतिनिधि र सरकारबीच भएको सम्झौतामाथि टिप्पणी गर्दै त्यसलाई ‘कलाविहीन नाटक’ भनेका छन्। कोटेश्वरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारलाई कुनै पनि प्रणाली वा व्यवस्था सम्बन्धी सम्झौता गर्ने अधिकार नै नभएको दाबी गरे।

अध्यक्ष ओलीले भने, 'हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो। त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातियो। त्यसकारण त्यो कलाविहीन, भद्दा नाटक हो।'

उनका अनुसार अहिलेको सरकारले प्रणाली तथा व्यवस्थासम्बन्धी कुनै प्रकारको सम्झौता गर्नै नपाउने स्थिति छ। ओलीले सदन पुनःस्थापनाको कुनै विकल्प नभएको दोहोर्याउँदै वर्तमान सरकारले चुनाव गराउन नसक्ने पनि दाबी गरे।


कान्तिपुर संवाददाता

Link copied successfully