वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका महिलाहरुको अन्तरसंवाद कार्यक्रममा उनले ‘नेपाली माटोले खोजेको ओलीको नेतृत्व’ भन्ने गैरराजनीतिक विषय भएको टिप्पणी गरिन् ।
काठमाडौँ — एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले अध्यक्ष केपी ओलीबिनाको एमाले भन्नु गलत भएको बताएकी छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका महिलाहरुको अन्तरसंवाद कार्यक्रममा उनले ‘नेपाली माटोले खोजेको ओलीको नेतृत्व’ भन्ने गैरराजनीतिक विषय भएको टिप्पणी गरिन् ।
‘केपी ओलीबिनाको नेकपा एमाले कल्पना गर्न सकिँदैन भन्ने कुरालाई जसरी स्थापित गर्न खोजिएको छ, केपी कमरेड अजम्बरी त होइन । उहाँसँगै हामीले पार्टी पनि विघटन गर्ने हो,’ उनले भनिन्, ‘यस्तो खालको अराजनीतिक नारा हामीले स्थापित गर्ने खालको कुरालाई बल गर्ने कुरो ठीक हुन्छ कि हुँदैन ? त्यो प्रश्न मैले अहिलेसम्म जवाफ पाइरहेको छैन ।’
उनले महाधिवेशनको सन्दर्भमा ‘नेपाली माटोले खोजेको, नेपालको माटो र हावापानी सुहाउँदो पञ्चायती व्यवस्था भनेर फालेको बताइन् । ‘अहिले माटो सुहाउँदो अब नेता चाहियो भन्ने खालको कुरा हामी कुन बाटो जाँदैछौं । पूर्वाधारको विकासलाई देखाएर राजा महेन्द्र साह्रै विकासवादी भनेर भनिरहेका थियौं,’ उनले भनिन्, ‘नाकाबन्दीको कुरालाई लिएर हामीले एकदमै गर्व गर्छौं तर नाकाबन्दीमा उहाँले एकदमै अडान लिनुभयो । त्यसका लागि सब नेपालीले स्यालुट गरेका छन् तर आमनेपाली नागरिकले साथ नदिएको भए उहाँको मात्रै अडानले त्यो कुरो सफल हुन्थ्यो ?’
