एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधिले भाग लिने

केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधिको टुंगो लागेको हो । 

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

2,262 delegates to participate in UML general convention

What you should know

काठमाडौँ — एमालेको ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लागेको छ । केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधिको टुंगो लागेको हो । 

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार १ सय ८ जना मनोनीत भएपछि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो । केन्द्रीय कमिटी सदस्य ३ सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्‍बाट २५ सिधै चयन भएका छन् । हालै केन्द्रीय सचिवालयले १ सय ८ जना मनोनीत गरेको छ । 

निर्वाचन क्षेत्रबाट करिब १ हजार १ सय ३५ प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि २० जिल्लाका विभिन्न क्षेत्रमा निर्वाचन भएको थियो ।

निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि छानिएका छन् ।

कुनै प्रदेशमा न्यूनतम १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघेमा थप निर्वाचित खुला एक प्रतिनिधि चयन भएका छन् । त्योभन्दा बढी भएमा सोही अनुपातमा पहिलो ८ सयमा महिला र अन्यमा खुला निर्वाचित भएका छन् । यसरी निर्वाचन क्षेत्रबाट करिब १ हजार १ सय ३५ प्रतिनिधि चयन भएका छन्।

सबै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रबाट १ हजार २ सय सदस्य बराबर एक प्रतिनिधि, त्यसमा ४० वर्षमुनिका एक युवा हुनुपर्ने र कम्तीमा एक जना महिलासहित ४ प्रतिनिधि छानिने विधि तय भएको थियो ।

विशेष जिल्लामा १ हजारमा २ सय पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन प्रतिनिधि निर्वाचित भएका छन् ।

कान्तिपुर

Link copied successfully