पुराना पार्टीहरूले काम गर्छन् भनेर पर्खिन सकिँदैन : हर्क साम्पाङ

'क्रान्तिकारी विकास आजको आवश्यकता हो । ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तिकारी विकास नगर्ने ?'

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

We can't wait for the old parties to do their job: Hark Sampang

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन् । सोमबार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा गोलबद्ध हुनसमेत सबै युवाहरूलाई आग्रह गरे । 

आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए ।

पुराना राजनीतिक दलहरूले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको पनि साम्पाङको भनाइ छ । उनले पुराना राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वानसमेत गरे । 

यस्तो छ साम्पाङको भनाइ

-श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ । यो पार्टीले स्वाधीनताको कुरा गर्छ । विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन । यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहन्छ ।

देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान हो श्रम संस्कृति पार्टी । पुराना पार्टीहरूले काम गर्छन् भनेर पर्खिन सकिँदैन । सबै जना यो अभियान जोडिनुहोस् । क्रान्तिकारी विकास आजको आवश्यकता हो । ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तिकारी विकास नगर्ने ?

कान्तिपुर

Link copied successfully