तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताले कालो झन्डा देखाएका छन्।
काठमाडौँ — पार्टी विभाजनपछि पहिलोपल्ट गृहजिल्ला पुगेका नेता जनार्जन शर्मालाई तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।
रूकुम पश्चिमको जिल्ला सदरमुकाम स्थित सल्ले विमानस्थलबाट बाहिर निस्केपछि उनलाई कालो झन्डा देखाएर नाराबाजीसमेत गरेका छन् ।
प्रगतीशील लोकतान्त्रिक पार्टीको आज आयोजना गरेको युवा भेलामा सहभागी हुन शर्मा जिल्ला पुगेका हुन् । साथै शर्माले आजै प्रलोपाको जिल्ला पार्टी कार्यालय पनि उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
साविकको माओवादी केन्द्रको पार्टी कार्यालयलाई प्रलोपाले जिल्ला पार्टी कार्यालका रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।
