प्रतिनिधिसभा चुनाव : कुन दलले के पाए चुनाव चिह्न ?

आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

House of Representatives elections: Which party got what election symbol?

काठमाडौँ — निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ । 

आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्लाएक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् ।

निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जनाएको छ । 

कान्तिपुर

Link copied successfully