विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा सहकार्यको सम्भावनालाई समेत मध्यनजर गर्दै सहमति गरिएको पत्रमा उल्लेख छ ।
रुकुम पश्चिम — नेकपा माओवादी केन्द्र विभाजन भएपछि एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनार्दन शर्मा समर्थित प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच भौतिक संरचना बाँडफाँटको सहमति भएको छ ।
रुकुम पश्चिममा रहेका भौतिक संरचना बाँडफाँटका लागि दुवै पक्षले हस्ताक्षरसहित लिखित सहमति गरेका हुन् ।
सोमबार हस्ताक्षरित सहमतिपत्रमा विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा सहकार्यको सम्भावनालाई समेत मध्यनजर गर्दै यो सहमति गरिएको उल्लेख छ ।
दुई बुँदामा रहेको उक्त सहमतिपत्रमा मुसिकोट नगरपालिका-५ सेरिगाउँस्थित सहिद स्मृति प्रतिष्ठान र इस्कन्द नर्मदा फाउन्डेसन परिसरभित्र रहेका भवनसहित सम्पूर्ण भौतिक संरचना नेकपाले र मुसिकोट नगरपालिका-१ खलंगास्थित इस्कन्द नर्मदा फाउन्डेसनकै नाममा रहेको भवन प्रलोपाले प्रयोग गर्ने सहमति गरिएको छ ।
