जेन-जी आन्दोलनको भावनाअनुसार बदलिएर पार्टी एकता गरेका हौं : दाहाल

जेन-जी पुस्ताले पनि नेकपालाई नै विश्वास गरेको नेता नेपालको दाबी

मंसिर २०, २०८२

अजित तिवारी

We have changed and unified the party in line with the spirit of the Gen-G movement: Dahal

जनकपुर — नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनता र युवा पुस्ताको असन्तुष्टिका कारण जेन-जी आन्दोलन भएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको मधेश प्रदेश एकता सन्देश सभालाई शनिबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले जेन-जी आन्दोलनको भावनाअनुसार आफूहरु बदलिएर पार्टी एकता गरेको बताए । 'नेपाललाई नयाँ तरिकाले चलाउन आफूलाई बदल्नु पर्छ,' दाहालले भने, 'त्यही भावनाअनुसार पार्टी एकता गरेको हो । यतिमै म सन्तुष्ट छुइनँ । अझै एकता अभियान जारी रहन्छ ।'

माधव कुमार नेपालले नवजवानको पार्टी नेकपा रहेकाले जेन-जी पनि ठूलो संख्यामा प्रवेश गरेको बताएका छन् । नेता नेपालले जेन-जी पुस्ताले पनि नेकपालाई नै विश्वास गरेको दाबी गरे । 

'धेरै संख्यामा जेन-जी पुस्ता हाम्रो पार्टीमा प्रवेश गरेको छ,' नेपालले भने, 'नवजवानलाई भन्छु हाम्रो पार्टीमाथि विश्वास गर्नुस् ।'

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully