पार्टीका उच्च नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले जनकपुरमा आयोजित एकता सभामा धारणा राख्दैछन्।
जनकपुर — नेपाली कम्युनिस्ट पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देश सभा जनकपुरको तिरहुतिया गाछिमा सुरु भएको छ ।
सभालाई पार्टीका उच्च नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, महेन्द्र राय, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
एकता सभामा सहभागी हुन मधेश प्रदेशभरीबाट क्रयकर्ता जनकपुर पुगेका छन्।
सभामा नेताहरूले सम्बोधन गर्ने क्रम जारी छ।
