पुस १४ गते क्रियाशील सदस्यताको सम्पूर्ण टुंगो लगाएर कार्यवाहक सभापतिलाई बुझाउने र १६ गतेदेखि अधिवेशन सुरु हुने कार्यतालिका कांग्रेस बैठकले पारित गरेको हो ।
काठमाडौँ — पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।
लामो रस्साकस्सीपछि कार्यबाहक सभापति खडकाले सोमबारको बैठकमा प्रस्तुत गरेको कार्यतालिका बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
पुस १४ गते क्रियाशील सदस्यताको सम्पूर्ण टुंगो लगाएर कार्यवाहक सभापतिलाई बुझाउने र १६ गतेदेखि अधिवेशन सुरु हुने कार्यतालिका कांग्रेस बैठकले पारित गरेको हो ।
तालिकाअनुसार पुसको १४ गते क्रियाशील सदस्यताको सम्पूर्ण प्रक्रिया टुंगो लगाएर कार्यवाहक सभापतिलाई बुझाउने मिति राखिएको छ । त्यसपछि पुस १६ गतेदेखिनै वडा तहदेखि सातै तहका अधिवेशनको तालिका तोकिएको छ । सँगै केन्द्रीय कार्यसमितिले माघ मसान्तसम्मको केन्द्रीय कार्यसमितिको म्याद थप्ने निर्णय लिएकाले तोकिएको समयमा महाधिवेशन हुनेमा भने शंका उब्जिएको छ ।
कांग्रेसमा कुन तहको कहिले अधिवेशन ?