दुवै पक्षले महाधिवेशन प्रतिनिधिहरूलाई आफूतिर तान्न प्रतिस्पर्धा सुरु गरिसकेका छन् ।
काठमाडौँ — एमालेको आसन्न्न महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्षले महाधिवेशन प्रतिनिधिहरूलाई आफूतिर तान्न प्रतिस्पर्धा सुरु गरिसकेका छन् ।
यतिसम्म कि ओली र पोखरेलका कार्यकर्तामाझ मात्र होइन, सामाजिक सञ्जालमा ‘पोस्टर प्रतिस्पर्धा’ सुरु भइसकेको छ ।
फेसबुकमा प्रचार गरिएको ओलीको पोस्टरमा नेतृत्वबारे लेखिएको छ, ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व ।’
त्यसको काउन्टरमा पोखरेल पक्षले काउन्टर पोस्टर सार्वजनिक गरेको छ । ‘लोकतान्त्रिक पार्टी, सम्मुनत देश नयाँ नेतृत्व, नयाँ सन्देश’ पोस्टरमा भनिएको छ ।
