कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।
काठमाडौँ — पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव केन्द्रीय समितिमा सर्वसम्मत रूपमा पारित भएको हो ।
पार्टी मुख्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
बैठकमा खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरेका हुन् ।
