खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरेका हुन् ।
काठमाडौँ — कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशनका लागि पुस २६-२८ को कार्यतालिका प्रस्ताव गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
बैठकमा खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरेका हुन् ।
