रास्वपा र विवेकशीलबीच एकता घोषणा आज

दुई पार्टीबीच आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Unity announced between RSVP and Bibeksheel today

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । 

कान्तिपुर

Link copied successfully