एमालेको ११औं महाधिवेशनको प्रतीक चिह्न : धरहरासँगै राष्ट्रिय झन्डा र सूर्य

लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिह्न आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Symbol of UML's 11th General Convention: National flag and sun along with the tower

काठमाडौँ — नेकपा (एमाले) ले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

महाधिवेशन प्रचार समितिद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो । 

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्‌मा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताइन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिह्न आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।  

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा  महाधिवेशनकेन्द्रित 'जिङ्‌गल' पनि सार्वजनिक गरियो ।

मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदै छ । मातहतका कमिटीमा प्रतिनिधि छनोटको काम पनि आइतबार  सकिएको छ ।

कान्तिपुर

Link copied successfully