देशभर थपिए १६८ नयाँ मतदानस्थल

आयोगबाट मंसिर १४ मा भएको निर्णय अनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको छ ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

168 new polling stations added across the country

काठमाडौँ — आगामी निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन आयोगले देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको छ ।

आयोगबाट मंसिर १४ मा भएको निर्णय अनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ । यसबाट साबिकमा कायम १०८९२ मतदानस्थलमा खुद ७५ मतदानस्थल थप हुन गई देशभर १०९६७ मतदानस्थल कायम गरिएको छ ।

मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully