अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनको भनाइ थियो ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गरेकी छन् ।
सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरेकी हुन् । अहिलेको सरकारसँग धेरै पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनको भनाइ थियो ।
सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढंगले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो।
