मुख्य नेताहरूका कारण राजनीति झन् संकटमा गयो : भूसाल

'कम्युनिस्ट नेतृतुव बुर्जुवा जस्तै दलाल पुँजीवादसँग लहसिन पुगेको छ। सत्ताका लागि जे पनि गर्न थाले।'

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Politics has become more in crisis due to key leaders: Bhusal

काठमाडौँ — नेकपा संयुक्तसँग एकता गरेका एकीकृत समाजवादीका संयोजक घनश्याम भूसालले मुख्य नेताका कारण राजनीति झन् संकटमा गएको बनाएका छन् । 

बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, 'कम्युनिस्ट  नेतृतुव बुर्जुवा जस्तै दलाल पुँजीवादसँग लहसिन पुगेको छ। सत्ताका लागि जे पनि गर्न थाले। दलाल पुँजीवादले पार्टीमा घर बनायो। जसका कारण मुलुकलाई सही दिशा दिन सकेन ।  गुटका गिरोह पार्टीहरूमा सक्रिय भएका छन् ।' 

राजनीतिको चुलीमा बसेर स्वार्थपूर्ति गर्ने नेताका कारण राजनीति डरलाग्दो अवस्थामा जाने भूसालको भनाइ छ । कम्युनिस्ट पार्टीले बाटो देखाउन नसकेको पनि उनले बताए । 

भदौ २३ र २४ गतेको घटनाले मुलुकमा संकट ल्याएको भए पनि जेन-जी आन्दोलनको सन्देश पुराना नेताहरूले बुझ्न नसकेको भूसालको भनाइ छ । 

कान्तिपुर

Link copied successfully