नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एकीकृत समाजवादीका संयोजक धनश्याम भूसालले एकता पत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी संयुक्त र एकीकृत समाजवादी पुनर्गठनबीच पार्टी एकता भएको छ। दुवै पार्टी एकतापछि बनेको दलको नाम नेकपा संयुक्त राखिएको छ । पार्टीको चुनाव चिह्न हँसिया राखिएको छ
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एकीकृत समाजवादीका संयोजक धनश्याम भूसालले एकता पत्रमा हस्ताक्षर गरेका छन् ।
'वैज्ञानिक समाजवाद अघि बढाउने', 'राष्ट्रिय पुँजी विकास गर्ने', '१० वर्षामा सबैलाई रोजगार गरी समाजवादको ठोस आधार बनाउने', 'भ्रष्टाचार अन्त्य गर्ने' सार्वभौम सत्ताको पक्षमा उभिने सहमतिपत्रमा उल्लेख छ।
नेकपा संयुक्तको दुई महिनाभित्र महाधिवेशन गर्ने जानकारी दिइएको छ। पार्टी एकतापछि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बधाई तथा शुभकामना दिँदै कम्युनिस्ट एकता जरूरी रहेको बताए।
