'नयाँ नेकपा संयुक्त बनेको छ । अब नयाँ अभिभारा नयाँ पुस्तालाई दिनेछु। चुनौती धेरै छन् । कम्युनिस्ट विचार र जनताप्रति समर्पित हुनुपर्ने छ। कम्युनिस्ट पार्टी र नेता इमान्दार हुन जरुरी छ,' उनले भने ।
काठमाडौँ — नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बनाएका छन् । एकीकृत समाजवादी संयोजक घनश्याम भूसालसँग एकतापछि उनले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् ।
'नयाँ नेकपा संयुक्त बनेको छ । अब नयाँ अभिभारा नयाँ पुस्तालाई दिनेछु। चुनौती धेरै छन् । कम्युनिस्ट विचार र जनताप्रति समर्पित हुनुपर्ने छ। कम्युनिस्ट पार्टी र नेता इमान्दार हुन जरुरी छ,' उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी संयुक्त र एकीकृत समाजवादी पुनर्गठनबीच पार्टी एकता भएको छ। दुवै पार्टी एकतापछि बनेको दलको नाम नेकपा संयुक्त राखिएको छ ।
पार्टीको चुनाव चिह्न हँसिया राखिएको छ । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एकीकृत समाजवादीका संयोजक घनश्याम भूसालले एकता पत्रमा हस्ताक्षर गरेका छन् ।