केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा शुक्रबार दिउँसो २ बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको कांग्रेसले जनाएको छ ।
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा शुक्रबार दिउँसो २ बस्ने भनिएको बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको कांग्रेसले जनाएको छ ।
यसअघि बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारका लागि सारिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म बैठक सारिरहने बताएका छन् ।
