महाधिवेशनको मुद्दा टुंगोमा नपुग्दा कांग्रेस बैठक फेरि सर्‍यो 

कांग्रेसको बिहीबार बोलाइएको बैठक स्थगित गरेर शुक्रबारका लागि डाकिएको हो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Congress meeting postponed again as general convention issue not resolved

काठमाडौँ — महाधिवेशनको मुद्दा टुंगोमा नपुग्दा कांग्रेस बैठक फेरि सरेको छ । 

कांग्रेसको बिहीबार बोलाइएको बैठक स्थगित गरेर शुक्रबारका लागि डाकिएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार  पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बिपीनगर ललितपुरमा २०८२ मंसिर १२ गते शुक्रबार दिउँसो २:०० बजे बैठक बस्ने भएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully