सत्ताले लतपतिएको अनुहार नपखाली निर्वाचनमा जान सकिन्न : गुरुराज घिमिरे

विशेष महाधिवेशनले पार्टी विभाजित हुने भए विधानमा त्यससम्बन्धी व्यवस्था किन राखिएको भन्दै भेलामा बोल्नेहरूले तत्काल मिति घोषणा गर्ने माग गरेका छन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Cannot go to the election without a face smeared with power: Gururaj Ghimire

What you should know

काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी विधान संशोधनमार्फत जेन-जीहरूको सहभागिता बढाउन सकिने माग गरेका छन् । त्यसका लागि पनि विशेष महाधिवेशन अपिरहार्य रहेको उनीहरूको तर्क छ ।

विशेष महाधिवेशन बोलाउन दबाब दिने उद्देश्यले बुधबार राजधानीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता गुरुराज घिमिरेले सत्ताको आहालमा लतपतिएर फोहोरमा डुबेको अनुहार सफा नगरी चुनावमा जान नसकिने बताए । पार्टीको नीति र अनुहार परिवर्तनका लागि नै विशेष महाधिवेशन अब अपरिहार्य रहेको र चाँडै मिति घोषणा गर्न उनले माग गरे ।

पार्टी विधानमा गरिएको व्यवस्था स्वीकार गर्न नेताहरूलाई भइरहेको कठिनाइप्रति कटाक्ष गर्दै घिमिरेले भने,‘विधिशास्त्र र नियम नमान्नेलाई यसलोकमा मात्रै होइन, परलोकमा पनि मोक्ष नमिल्ने कुरा गीतामा उल्लेख छ । हाम्रा नेताहरूले बुझ्न, जसले विधिशास्त्र र नियम मान्दैनन् उनीहरूको हित यस धरतीमा मात्रै नभएर परलोकमा पनि हुँदैन ।’

ललितपुरका पुराना कांग्रेस नेता ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा प्रदेश कार्यसमितिका सभापति,जिल्ला सभापति, पार्टीका केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति छ । २०१४ सालमा विशेष महाधिवेशनमा भाग लिएका ८८ वर्षीय श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरसमेत गरेका छन् । २०१४ सालमा पार्टी सभापति सुवर्ण शमशेरले विशेष महाधिवेशन बोलाएर बीपी कोइरालालाई पार्टी नेतृत्व सुम्पेका थिए ।

Cannot go to the election without a face smeared with power: Gururaj Ghimireबीपी र सुवर्ण शमशेरले लिएको बाटोलाई पार्टी विभाजन गर्न लागेको भनेर आफूहरूप्रति लक्षित अभिव्यक्तिलाई समेत त्यस अवसरमा महाधिवेशन पक्षधरले कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनले पार्टी विभाजित हुने भए विधानमा त्यससम्बन्धी व्यवस्था किन राखिएको भन्दै भेलामा बोल्नेहरूले तत्काल मिति घोषणा गर्ने माग गरेका छन् ।

विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानमा अनिवार्य व्यवस्था छ । विशेष महाधिवेशनको माग राखेर १४औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले असोज २९ गते नै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिइसकेका छन् ।

कास्की जिल्ला सभापति किशोरदत्त बरालले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने बताए । विशेष महाधिवेशन पक्षधरको भेला अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रि यसभा गृहमा चलिरहेको छ ।

Cannot go to the election without a face smeared with power: Gururaj Ghimireअर्कोतर्फ बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक अगाडि नै सहमति खोज्न नेताहरू सक्रिय भएका छन् । सभापति शेबरहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खडका र केन्द्रीय सदस्य रमेश लेखकमार्फत सहमतिका लागि लचक प्रस्ताव अघि बढाउन तयार भएका छन् । त्यस्तै संस्थापनपक्षमा नै रहेका २८ केन्द्रीय सदस्यहरूले समेत निर्वाचन अगाडि महाधिवेशन गराउन लचक बन्नुपर्ने भन्दै सभापति देउवालाई मध्यमार्गी प्रस्ताव अघि सार्न सुझाएका छन् । तर, पूर्वपदाधिकारीसहितको अर्को टोलीले भने वैशाख अगाडिको कार्यतालिका स्वीकार गर्न नसकिने अडानमा कायमै छन् ।

कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य लेखकले सभापतिसँगको छलफलपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग कुरा गरेका छन् । त्यस अवसरमा विशेष महाधिवेशनको निवेदन फिर्ता नगर्ने गरी नियमित महाधिवेशन गर्नेगरी तालिका आएमा सहमत हुन सकिने महामन्त्रीद्वयले संकेत गरेका छन् ।

‘तर संस्थापनपक्षका पूर्वपदाधिकारीसहितको एउटा टोली कुनै पनि हालतमा वैशाख अगाडि महाधिवेशन गर्न हुन्ने भन्ने अडानमा रहेको, अर्को पक्ष अगाडि नै महाधिवेशन गराएर जानुपर्छ भन्नेमा रहेकाले समस्या भएको हो,’ एक पदाधिकारीले भने,‘अहिलेसम्म सहमतिको मिलनविन्दु फेला परेको छैन ।’

कान्तिपुर

Link copied successfully