बाबुरामको संरक्षकत्वमा प्रलोपा घोषणा

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्षबीच एकता 

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Pralopa declared under Baburam's patronage

What you should know

काठमाडौँ — माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्ष मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ । पार्टीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई पनि सहभागी छन् ।

पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री भट्टराई रहनेछन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

घोषणासभामा शर्माले माओवादीले आफ्नो क्रान्तिकारी छवि बनाउन नसक्दा भ्रष्टाचारमा फसेको बताए । ‘विगतमा माओवादी सत्ताको वरिपरि रह्यो । नेताहरू सामाजिक उत्पीडन अन्त्य गर्न असफल भए । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीहरूले अवसर गुमाए,’ उनले भने, ‘देशमा चरम भ्रष्टाचार, परिवारवाद, सत्ताका लागि म्युजिकल चेयरका कारण निराशा पैदा भयो र जेन–जी आन्दोलन भयो ।’ शर्माले मौलिकतासहितको समाजवादी पार्टी बनाउने बताए । ‘नेपाली विशेषताको समाजवाद निर्माण गर्ने पार्टीको मार्गदर्शक सिद्धान्त हुनेछ,’ उनले भने । 

Pralopa declared under Baburam's patronageनेता परियारले विचार विधिको विकास गर्न नयाँ पार्टी घोषणा गरेको बताए । ‘हामीले विचारमा काम गर्नुपर्नेछ । प्रगतिशीलहरू राष्ट्र बचाउन एक ठाउँमा आउनुपर्छ । विचार निरन्तर छलफलपछि विकास गर्न सकिन्छ,’ उनले भने, ‘विचारबिनाको राजनीतिक संगठन भीड मात्र हुनेछ । ज्ञान उत्पादनमा काम गरेनौं भने फगत भीड मात्र हुनेछौं ।’

संयोजक सोबले विगतका गल्ती सच्याएर अघि जाने बताइन् । ‘विगतको गल्ती गर्ने छुट छैन । कमजोर लोकतान्त्रिक व्यवस्थासँग लडेर तीव्र आर्थिक विकास ल्याउनुपर्छ । आदिवासी जनजाति, दलित, महिला पिछडिएका क्षेत्रको समानुपातिक समावेशिता अहिले पनि पूरा भएको छैन,’ उनले भनिन्, ‘नयाँ आवश्यकताका आधारमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्न लागेका छौं ।’

Pralopa declared under Baburam's patronageप्रगतिशील अभियानका संयोजक सुदन किराँतीले बोलीलाई व्यवहारमा उतार्ने पार्टी बनाउने प्रतिबद्धता जनाए । ‘समस्या समाधान गर्ने विचार विधिसहितको पार्टी निर्माण गर्न खोजेका हौं । यो नयाँ ऐतिहासिक कोसेढुंगा हो,’ उनले भने, ‘देश र जनताको समस्या समाधान गर्न बोलीलाई व्यवहारमा लागू गर्न चाहन्छौं ।’

कान्तिपुर

Link copied successfully