अभियन्ता खगेन्द्र सुनार नेतृत्वको 'हाम्रो पार्टी नेपाल'ले पायो प्रमाणपत्र

सुनारको नेतृत्वमा गठन भएको 'हाम्रो पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता भएको हो। सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेका सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र बुझेको हो।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

'Hamro Party Nepal' led by activist Khagendra Sunar receives certificate

काठमाडौँ — दलित समुदायको अधिकारका लागि वकालत गर्दै आएका अभियन्ता खगेन्द्र सुनारले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन्।

उनको नेतृत्वमा गठन भएको 'हाम्रो पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता भएको हो। सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेका सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र बुझेको हो।

दल दर्ताका लागि उनले गत कात्तिक १८ गते निवेदन दिएका थिए। उनको पार्टी निर्वाचन आयोगमा २१६ नम्बरमा दर्ता भएको छ। सुनारको दलले चुनाव चिह्न 'गोलो घेराभित्र राम्रो जनाउने लाइक' चुनाव चिन्ह लिएको छ।

प्रमाणपत्र बुझेपछि सुनारले आगामी निर्वाचनमा आफूहरू सहभागी हुने बताएका छन्। 

कान्तिपुर संवाददाता

Link copied successfully