प्रगतिशील लोकतान्त्रिक पार्टीले जेन-जीलाई समेट्छ : भट्टराई

भट्टराईले कम्युनिस्ट पार्टीका नेताहरू कमाउनिस्ट भएको भन्दै समाजवादको बदनाम गरेको आरोप लगाए ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Progressive Democratic Party embraces Gen-G: Bhattarai

काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार गठन भएको लोकतान्त्रिक पार्टीले जेन-जीलाई समेट्ने बताएका छन् । 

काठमाडौंमा आइतबार आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै भट्टराईले उक्त धारणा राखेका हुन् । उनले अब असन्तुष्ट शक्तिहरू  एक ठाउँमा हुने पनि बताए । 'समाज परिवर्तनशील छ । पार्टीभित्र लोकतन्त्रको राम्रो हुनुपर्छ,' उनले थपे, 'पुराना पार्टीहरूको कारण यो अवस्था आएको हो । अब असन्तुष्ट शक्तिहरू एक ठाउँमा हुनेछ ।' 

उनले कम्युनिस्ट पार्टीका नेताहरू कमाउनिस्ट भएको भन्दै समाजवादको बदनाम गरेको आरोप लगाए । 'नेकपाभित्र समाजवाद लेखेर उनीहरुले झुक्काइरहेका छन्,' भट्टराईले भने ।

उनले पुराना दलले विभिन्न ठाउँमा ठगीधन्दा मच्चाएको समेत बताए ।

कान्तिपुर

Link copied successfully