बाबुराम, जनार्दन र सन्तोषको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै 

समावेशी सामूहिक नेतृत्व रहने

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्षबीच एकता आइतबार घोषणा हुँदैछ । 

तीन पक्ष मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी नाम घोषणा गर्ने सहमति भएको छ । पार्टीको संरचना समावेशी चरित्रको रहने छ । समावेशी सामूहिक परिषद्‌मा चारजना रहने छन् । 

जसअनुसार सुदन किराँती, सन्तोष परियार, दुर्गा सोब र एक मधेशी समुदायबाट हुने एक नेताले बताए । बृहत् प्रगतिशील एकता कार्यक्रमको अध्यक्षता परियारले गर्ने तयारी छ ।

पार्टीको संरक्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् । माओवादी पूर्व महासचिव जनार्दन शर्मा पनि पार्टीको कार्यकारी भूमिकामा रहने छन् ।

पार्टीको सामूहिक नेतृत्वमा युवा, महिलासहित समावेशी गर्ने यसको विधानको मस्यौदामा छ । पार्टीको चुनाव चिहृन आँखा हुने छ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

कान्तिपुर

Link copied successfully