राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजान महासचिव चन्दको आग्रह
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेका हुन् ।
‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव चन्दको भनाइ उद्धृद्ध गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेन-जीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’
