प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता गराएको हो ।
काठमाडौँ — एमालेले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले दल दर्ता गराएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नियमित प्रक्रियाअन्तर्गत दल दर्ता गरको बताए ।
मंगलबार एमालेको विघटित संसद्को संसदीय दलको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्च अदालतम रिट दायर गर्ने निर्णय गरेको थियो ।
*यसअघि राष्ट्रियसभा निर्वाचनका लागि हुनुपर्नेमा प्रतिनिधिसभा निर्वाचनका लागि भन्ने शब्द परेकाले सच्याइएको छ । - सम्पादक
