बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी हुन् ।
निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ ।
बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।