आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।
आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए । उनकाअनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । उनले संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पुर्याउन पार्टीले सभा गर्न लागेको दाबी गरे।
उनले भने, ‘सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ । नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौं । नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौं ।’
उनले स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिबद्ध भएर लाग्ने दाबी पनि गरे ।
