पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि(मंसिर १) गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बिहीबार (मंसिर ४) गते बस्ने भएको हो ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।
महाधिवेशनको विवादमा कुरा नमिल्दा बैठक सरेको सरै छ ।
