पूर्व प्रदेशप्रमुख राजेश अहिराजको मुद्दामा फाइल माग्ने आदेश

बलात्कार आरोपमा थुनामा रहेका अहिराजको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतका फाइल मगाएको छ, यसले मुद्दामा नयाँ मोड ल्याएको छ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Order to seek files in the case of former provincial chief Rajesh Ahiraj

काठमाडौँ — सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ।

अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए।

उनीले २३ कात्तिकमा थुनामुक्त गर्न माग गर्दै ७३ निवेदन दिएका थिए।

उच्चले १२ भाद्र २०८२ मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो। जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको इजलासले साउन १४ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। जिल्लाले थुनामा पठाएपछि अहिराज बेरितको निवेदन लिएर उच्च अदालत पुगेका थिए। उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।

कान्तिपुर संवाददाता

Link copied successfully