को-को छन् जनार्दन शर्मा नेतृत्वको अभियानमा ?

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माको पक्षमा पूर्वमन्त्री सुदन किराँती, गेहेन्द्र ढकाल, अरविन्द यादव, नारायणी शर्मा, जन्मदेव जैशी, विमला सिंह, निर्मला गौतमलगायतका नेताहरू छन् ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Who is in the campaign led by Janardan Sharma?

काठमाडौँ — माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सदस्यीय समिति सार्वजनिक गरिएको हो । 

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माको पक्षमा पूर्वमन्त्री सुदन किराँती, गेहेन्द्र ढकाल, अरविन्द यादव, नारायणी शर्मा, जन्मदेव जैशी, विमला सिंह, निर्मला गौतमलगायतका नेताहरू छन् । अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । पूर्वमन्त्री किराँतीले फागुन २१ मा कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने बताए । 

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, सहिदलगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको आरोप किराँतीले लगाए । 

 कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रिम चन्द्र, प्रगतिशील अभियानका नेता एवं माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको छ ।

को-को छन् अभियानमा ?

Who is in the campaign led by Janardan Sharma?

कान्तिपुर

Link copied successfully