निर्वाचनको वातावरण बनाउन नेपाली कम्युनिस्ट पार्टी सबभन्दा सक्रिय : संयोजक दाहाल

पूर्वएमाले उपाध्यक्ष भीम रावलसँग एकता घोषणा कार्यक्रममा निर्वाचनको पक्षम रहेका दलहरुलाई सरकारले सकारात्मक ढंगले हेर्नुपर्ने दाहालले बताए ।

कार्तिक २६, २०८२

गंगा बीसी

Nepali Communist Party most active in creating election environment: Coordinator Dahal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी निर्वाचनको वातावरण बनाउन सबभन्दा सक्रिय रहेको दाबी गरेका छन् ।

उनले पूर्वएमाले उपाध्यक्ष भीम रावलसँग एकता घोषणा कार्यक्रममा निर्वाचनको पक्षम रहेका दलहरुलाई सरकारले सकारात्मक ढंगले हेर्नुपर्ने बताए ।

‘निर्वाचनको वातावरण बनाउन सबभन्दा अगाडि नेपाली कम्युनिस्ट पार्टी छ । सरकारले यो कुरा हेक्का राखोस्,’ उनले भने, ‘सरकारले राम्रोसँग बुझोस् । तपाईंहरुको निर्वाचन घोषणालाई सकारात्मक वातावरण बनाउने पार्टी र नेताहरुलाई अपमान नगरियोस् ।’

गंगा

Link copied successfully